पूर्व पश्चिम राजमार्गअन्तर्गत बर्दिया बासगढी नगरपालिकास्थित माछागढमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २४ जना घाईते भएका छन्।
मृत्यु हुनेमा धादिड ढोला गाउँपालिका–२ का ६४ वर्षीय रामबहादुर श्रेष्ठ रहेको छ । पश्चिमवाट पूर्वतर्फ आउँदै गरेको ना५ख ४१५३ नंको बस मंगलबार राति अचानक आफैँ पल्टिदाँ सो दुर्घटना भएको हो।
दुर्घटनामा परी गम्भीर घाईते भएका श्रेष्ठको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । घाईतेमध्ये चार जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बस चालकलाई नियन्त्रण लिई आवश्यक अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।