आंशिक प्राध्यापकले आफूहरुलाई करारमा नियुक्ति दिन माग गर्दै आज त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित कार्यालय अगाडि आमरण अनशन सुरु गरेका छन् ।
आंशिक प्राध्यापक संघको आह्वानमा वीरेन्द्र बहुमुखी क्याम्पस, चितवनका शिक्षक डा महेश गजुरेल अनशनमा बसेका हुन्।
संघका केन्द्रीय सदस्य विष्णु लम्सालका अनुसार यसअघि गरिएको ६४ दिनको रिले अनशनबाट सुनुवाइ नभएकाले वडादशैं कै बीचमा आमरण अनशन सुरु गरिएको हो । त्रिवि मातहत आंगिक क्याम्पसमा आंशिक प्राध्यापकको एक हजार ४२० दरबन्दी आवश्यक भएको विश्वविद्यालयको एक कार्यदलको प्रतिवेदनमा उल्लेख छ । रासस