साउन महिनाको अन्तिम साता तराईमा आएको बाढी र डुबानबाट पीडितका लागि फ्रेन्डस एण्ड फरएभर ग्रुप बेलायतले एक लाख ३२ हजार १ सय २५ रुपैयाँ प्रदान गरेको छ ।
पोखरा लेखनाथ महानगरपालिका–२६ सुन्दरीबजारका वीरकाजी गुरुङको सक्रियतामा बेलायतमा संकलित उक्त रकम ग्रुपका सदस्य देवान गुरुङले ‘न्युज ट्वान्टी फोर’का ‘सीधा कुरा जनतासँग’ कार्यक्रमका सञ्चालक रवि लामिछानेलाई हस्तान्तरण गरे।