मुम्बईको एक रेल स्टेसन जोड्ने पुलमा भागदौड हुँदा २२ जनाको मृत्यु भएको छ।
एल्फिंस्टन र परेलको स्थानीय रेल स्टेसन जोड्ने पुलमा भागदौड मच्चिएको र हालसम्म कम्तीमा २२ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ।
२२ जनाको मृत्यु भएको र अन्य ३० जना घाइते भएका किङ एडवर्ड मेमोरियल अस्पतलाका डाक्टर प्रविण बांगडले पुष्टि गरेका पनि बिबिसीमा उल्लेख छ।
पश्चिमी रेलवेका पब्लिक रिलेसन अफिसरका अनुसार एल्फिंस्टन सडक छेउको ‘फुटओभर’ पुलमा शुक्रबार बिहान साढे १० बजे भागदौड भएको हो।
ठूलो पानी परेकाले पानीबाट जोगिन मान्छेहरु रेलमाथि चढ्न थालेपछि पुलमा भिड बढेको रेलवे प्रवक्ता अनिल सक्सेनाले बताएका छन्। तर, भागदौडको खास कारण भने पत्ता नलागेको र यसबारे जाँच हुने उनले बताएका छन्।