सन् २०१७ का लागि चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी बैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ।
वैज्ञानिकहरू जेफरी सि.हल, माइकल रोसब्यास र माइकल डब्लु याङले गरेको ‘सकार्डियन रिदम’ अनुसन्धानका लागि यो पुरस्कार प्रदान गरिने भएको हो।
यो अनुसन्धान मान्छेको शरीरले २४ घण्टामा दिने प्रतिक्रियाबारे छ।
बिहान घाम लाग्दा, दिउँसो र साँझ वा घाम अस्ताउँदा मानव शरीरले के-कस्तो प्रतिक्रिया दिन्छ भन्ने विषयमा केन्द्रितच यो अनुसन्धानलाई '24-hour body clock' (२४ घण्टे शरीर घडी) भनेर बुझिन्छ।
गार्डियन पत्रिकाका अनुसार ‘सकार्डियन रिदम’ मानव शरीरले काम गर्ने वा प्रतिक्रिया दिने एक प्रक्रियागत विधा हो। यसबाट मानव स्वास्थ्यमा सुधार र यस विषयमा आगामी दिनमा गरिने अनुसन्धानमा ठूलो योगदान दिने नोबेल पुरस्कार समितिले जनाएको छ।
उनीहरुको अनुसन्धानअनुसार मानव शरीर समयअनुसार आफ्नै घडी (बायोलोजिकल क्लक) का आधारमा चल्छ।
यो पुरस्कारको राशी ११ लाख अमेरिकी डलर छ ।