सन् २०१७को भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई दिइने भएको छ। म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजीका रेनर विसलाई आधा पुरस्कार र क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका ब्यारी बारिस र किप थोर्नलाई अर्को आधा पुरस्कार संयुक्त रूपमा दिइएको नोबेल पुरस्कारको भौतिकशास्त्रतर्फ निर्णायक समितिले जनाएको छ ।
पुरस्कार गुरुत्वाकर्षण तरंगसम्बन्धि अध्ययन गर्ने लेजर इन्टरफेरोमिटर ग्राभिटेसनल–वेभ अब्जरभेटरी (लिगो) डिटेक्टर नामक उपकरण निर्माणका लागि निर्णायक भूमिका खेलेवापत प्रदान गरिएको हो ।
उनीहरूको विश्वास गरिँदै आएको गुरुत्वाकर्षण तरंगलाई पहिलो पटक पत्ता लगाउन गरेको भूमिकाका लागि पुरस्कार दिइएको हो ।