यस वर्षको रसायनशास्त्र विधातर्फको नोबेल पुरस्कार तीन जना बैज्ञानिकलाई प्रदान गरिने भएको छ।
रसायनशास्त्र विधामा निरन्तर अनुसन्धान र नवीन आविस्कारमा समर्पित तीन बैज्ञानिकहरु – ज्याक्येस डुबोसेट, जोएसिम फ्र्यांक र रिचार्ड हेन्डर्सनलाई संयुक्त रुपमा 'नोबेल केमिस्ट्रि प्राइज'बाट पुरस्कृत गरिएको हो।
यो पुरस्कार राशी करिब ११ लाख अमेरिकी डलर छ।
शरीरका अति सुक्ष्म र जमेका जीवाणु पत्ता लगाउने तथा तिनीहरुका गतिविधि अवलोकन गर्ने (इमेजिङ टाइनी एण्ड फ्रोजन मोलिक्युल्स) अत्याधुनिक प्रबिधियुक्त नवीनतम बैज्ञानिक उपकरणः क्रायो–इलेक्ट्रोन माइस्क्रोस्कोपिको आविष्कार र निर्माण गरे बापत उनीहरुलाई यो पुरस्कार दिइएको हो।