आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत केन्याले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरूवात गरेको छ। नामिबियाको विन्डहकस्थित वन्डररर्स क्रिकेट मैदानमा जवाफी ब्याटिङ थालेको नेपालले पहिलो ओभरमै विकेट गुमाएको नेपालले तेस्रो ओभरमा दोस्रो विकेट गुमाएको छ। ओपनर ज्ञानेन्द्र मल्ल ९ रन बनाएर आउट भए।