नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी र अफिसियलको बिहीबार स्वास्थ्य परीक्षण गरिएको छ।
नयाँ बानेश्वरस्थित सिभिल सर्भिस अस्पतालमा २२ खेलाडी र ५ अफिसियलको नि: शुल्क स्वास्थ्य परीक्षण गरिएको राष्ट्रिय क्रिकेट टोलीका मेडिकल संयोजक अभिषेकराज सिंहले जानकारी दिए।
सिंह नेपाली टिमको मेडिकल संयोजक नियुक्त भएपछि उनकै पहलमा यो स्वास्थ्य परीक्षण गरिएको हो।
यसअघि क्यानले सिभिल अस्पतालमा परीक्षणका लागि बुधबार सामान्य प्रशासन मन्त्रालयमा इमेल गरेको थियो। लगत्तै सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निर्देशन दिएपछि आजै परिक्षण भएको हो।
नेपाली क्रिकेट टोलीका सदस्यको एकै पटक स्वास्थ परीक्षण गरिएको यो पहिलो पटक हो। उनीहरूको विभिन्न सात किसिमको परीक्षण गरिएको संयोजक सिंहले जानकारी दिए।