आइपिएल २०२३ मा मुम्बई इन्डियन्सले पहिलो जित हात पारेको छ।
मंगलबार राति सकिएको खेलमा मुम्बईले दिल्ली क्यापिटल्समाथि ६ विकेटको जित हात पारेको हो। दिल्लीको भने यो लगातार चौथो हार हो।
दिल्लीमा भएको खेलमा घरेलु टिमले दिएको १७३ रनको लक्ष्य मुम्बईले अन्तिम बलमा ४ विकेट गुमाएर पार गर्यो।
अन्तिम बलमा दुई रन बनाउँदै टिम डेभिडले मुम्बईलाई रोमान्चक जित दिलाए। उनले नटआउट १३रन जोड्दा क्यामरन ग्रिनले नटआउट १७ रन जोडे।
त्यसअघि कप्तान रोहित शर्माले ४५ बलमा ६५ रन र इशान किसनले ३१ रन तथा तिलक बर्माले ४१ रन बनाएका थिए।
बलिङमा दिल्लीका मुकेश शर्माले २ विकेट लिए।
पहिले ब्याटिङ गरेको दिल्ली २ बल खेल्न बाँकी छदा १७२ रनमा अलआउट भयो। उसका लागि अक्षर पटेलले ५४ रन र कप्तान डेभिड वार्नरले ५१ रनको योगदान गरे।