नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडा विरुद्ध दोस्रो सफलता हात पारेको छ।
लामिछानेले ५ रन बनाएर खेलिरहेका नितिस कुमारलाई आउट बनाएका हुन्।
यसअघि बसन्त रेग्मीले पहिलो विकेट लिएका थिए। उनले क्यानडाका लागि ९ रन बनाएर खेलिरहेका रूभिन्डु गुणसेकेरालाई आउट बनाए।
टस जितेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले १३ ओभरको समाप्तिमा २ विकेट गुमाएर ५७ रनमा खेलिरहेको छ।