आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत जिम्बावेले दिएको ३८१ रनको विशाल लक्ष्य पछ्याएको नेपालले २०० रन पुरा गरेको छ।
परम्परागत कमजोर सुरुवातलाई आज पनि निरन्तरता दिएको नेपालले ३१औं ओभरमा १५० रन पुरा गरेको थियो। त्यसपछि ५० रन बनाउन १० ओभर लगायो। नेपालका लागि सरद भेषवाकरले सर्वाधिक ५२ रन बनाए। ४८ बल खेलेका उनले ६ चौका र १ छक्का प्रहार गरे।
ओपनर दिलिप नाथलाई २ रनमा गुमाएको नेपालले कप्तान पारस खड्कालाई ४० रनमा गुमाएको थियो। ज्ञानेन्द्र मल्लसँग ४१ रनको साझेदारी गरेका खड्का टिमको स्कोर ६१ रन हुँदा आउट भए।
तेस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र दिपेन्द्रसिंह ऐरीले ३५ रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने कोशिस गरेका थिए । तर, ऐरी २३ रनमा आउट हुँदा नेपालले ९८ रनमा ३ तेस्रो विकेट गुमायो।
लगत्तै ज्ञानेन्द्र मल्ल ब्यक्तिगत ३२ रनमा आउट भएपछि नेपालले एक सय १० रनमा चौथो विकेट गुमायो। त्यसपछि सरद भेषवाकर र आरिफ शेखले ४८ रनको साझेदारी गर्दै टिमलाई मध्यम स्कोर तिर अगाडि बढाइरहेका छन्।
भेषवाकरले ३८ बलमा ४५ रन बनाउने क्रममा १ छक्का र ६ चौका प्रहार गरेर खेलिरहेका छन्। यस्तै शेखले १६ रन बनाएर खेलिरहेका छन्।