आइसीसी विश्वकप छनोटको प्लेअफमा नेपालले पपुवा न्युगिनीलाई ११४ रनमा समेटेको छ।
टस जितेर पपुवा न्यूगिनीलाई पहिले ब्याटिङको निम्तो दिएको नेपालले २७.२ ओभरमा ११४ रनमा समेटेको हो।
जिम्बावेको हरारे मैदानमा जारी खेलमा नेपालका लागि दीपेन्द्र सिंह ऐरी र सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै समान ४-४ विकेट लिए।
४.२ ओभर बलिङ गरेका ऐरीले १४ रन खर्चिएर दुई विकेट लिए भने ८ ओभर बलिङ गरेका लामिछानेले २९ रन खर्चिए।
सोमपाल कामी र करन केसीले नेपालका लागि १-१ विकेट लिए।
पिएनजीका कप्तान आसाद भालालाई १० रनमा आउट सोमपालले आउट गरेका थिए। त्यसपछि पिएनजीको स्कोर २९ रन हुँदा करण केसीले टोनी उरालाई ११ रनमा आउट गर्दै नेपाललाई दोस्रो सफलता दिलाए।
लगत्तै उसको स्कोर ५१ रन हुँदा नेपालले तेस्रो सफलता हात पार्यो। साद सुपरलाई सन्दिप लामिछानेले ११ रनमा आउट बनाएपछि पिएनजीले ५१ रनमा ३ विकेट गुमायो। सीसी बाउ ४ रनमा आउट भएपछि ५८ रनमा चौथो विकेट गुमाएको पिएनजी दबाबमा पर्यो।
महुरु दाईलाई मात्र ५ रनमा आउट गर्दै सन्दिपले नेपाललाई पाँचौ सफलता दिलाए। त्यसपछि किप्लिन दोरीगालाई १० रनमा आउट गरेपछि नेपालले ७८ रनमा ६ विकेट हात पार्यो।
लगत्तै पिएनजीको स्कोर १ सय ६ रन हुँदा नेपालले सातौं विकेट लियो। नेपालका लागि दिपेन्द्रसिंह ऐरीले उक्त विकेट लिएका थिए।
पिएनजीको विकेट लिने क्रम यतिमा रोकिएन। अन्तिम पाँच ओभरभित्र ४ विकेट गुमाएर १० रन बनाएको पिएनजीका अन्तिम चारै विकेट ऐरीले लिए।
पिएनजीको स्कोर ११३ रन हुँदाँ ८ विकेटका रूपमा किलालाई गुमायो। त्यसपछि लगत्तै विकेट गुमाएको पिएनजीका लागि भानुवा शून्य रनमा आउट भए।
२७औं ओभरको दोस्रो बलमा ऐरीले जेभी राभालाई ६ रनमा आउट बनाएपछि पिएनजी ११४ रनमा १० विकेट गुमायो।
उसका लागि अमिनिले १९ रन बनाए भने किलाले १५ रन बनाए।