संयूक्त अरब इमिरेट्समा जारी टि-१०मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली कर्नाटक टस्कर्सले दिल्ली बुल्सलाई १९ रनले पराजित गरेको छ।
शनिबार भएको खेलमा पहिले ब्याटिङ गर्दै कर्नाटकले दिल्लीलाई ५ विकेटको क्षतिमा १ सय ११ रनको लक्ष्य दिएको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको कर्नाटकका लागि उपुल थरंगाले ४८ रनको योगदान दिदां शफिकउल्लाह शफिकले ३४, जोशन चाल्सले १३ तथा कप्तान हसिम अमलाले ६ रन बनाए।
सो लक्ष्य पछ्याउन आएको दिल्लीले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो र खेल १९ रनले गुमायो।
हिजोको खेलमा सन्दीपले २ ओभर बलिङ गर्दै १९ रन दिएर १ विकेट लिए। सन्दीपले मोहम्मद उस्मानलाई पहिलो बलमा नै बोल्ड आउट गर्दै विकेट लिएका थिए।