शुक्रबारबाट सुरू प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई २८८ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ६ विकेटको क्षतिमा २८७ रन जोड्यो।
आर्मीका लागि कप्तान विनोद भण्डारीले शतक प्रहार गरे। उनले ७६ बलमा नटआउट १११ रन जोडे। पहिलो खेलमा शतक प्रहार गरेका विनोदले ९ चौका र ५ छक्का हिर्काए।
अन्तिम बलमा आउट भएका लोकेश बमले ३० बलमा ४२ रन जोडे। उनले ३ चौका र २ छक्का प्रहार गरे।
त्यसअघि ओपनर हरिकृष्ण झाले १४ रन तथा उनका ओपनिङ पार्टनर राजु रिजालले ४५ रनको योगदान दिए।
रोहितकुमार पौडेल १० रनमा आउट भएका थिए भने भीम सार्कीले १५ रन बनाए।
राजेश पुलामी मगरले ५२ बलमा ४ छक्काको मद्दतमा ३८ रन जोडे।
बलिङमा गण्डकीका विशाल पौडेल र बिपिन खत्रीले २-२ विकेट लिए। दिपेश खत्री र चन्द्र पौडेलको नाममा १-१ विकेट रह्यो।