भारतविरुद्धको चौथो टेस्ट तथा निर्णायक टेस्टको पहिलो दिन घरेलु टिम अस्ट्रेलियाले ५ विकेटको क्षतिमा २७४ रन जोडेको छ।
ब्रिसबेसमा सुरू खेलमा अस्ट्रेलियाका क्यामरन ग्रिन २८ रन र कप्तान टिम पेनले ३८ रन बनाएर खेलिरहेका छन्।
त्यसअघि मर्नस लबुसेनले शतक प्रहार गरे। उनले १०८ रन जोड्दा अस्ट्रेलियाको इनिङ्ग्स उकासिएको थियो। लबुसेनले २०४ बलमा ९ चौका प्रहार गरे।
स्टिभ स्मिथले ३६ रन र म्याथ्यु वेडले ४५ रन बटुले।
त्यसअघि ओपनरद्वय डेभिड वार्नर १ रन र मार्कस ह्यारिस ५ रनमै आउट भएका थिए।
बलिङमा भारतका टी नटराजनले २ विकेट लिए। मोहमद सिराज, शार्दूल ठाकुर र वासिङटन सुन्दरले १-१ विकेट लिए।
चार खेलको सिरिज १-१ को बराबरीको अवस्थामा छ। पहिलो टेस्टमा अस्ट्रेलिया र दोस्रो टेस्टमा भारत विजयी भएका थिए। तेस्रो टेस्ट भने बराबरीमा सकिएको थियो