राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफले प्रदेश-१ लाई जितका लागि २४३ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा शनिबार टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरको खेलमा ४८.४ ओभरमा सबै विकेट गुमाउँदै २४३ रन बनायो।
एपिएफका लागि आशिफ शेखले अर्धसतकीय इनिङ्स खेले।
आक्रामक अर्धशतक प्रहार गरेका एपिएफका ओपनर आशिफ शेखले उत्कृष्ट सुरुवात दिलाउने क्रममा ३२ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ५९ रनमा आउट भए। आशिफले २९ बलमै अर्ध शतक प्रहार गरेका थिए।
यस्तै बसन्त रेग्मीले ४० बनाए। उनले ५२ बल खेल्दै चार चौका र २ छक्का प्रहार गरेका थिए। सन्दीप जोराले ३० रन बनाउने क्रममा ३९ बल खेल्दै चार चौका प्रहार गरे।
कप्तान शरद भेसवाकरले २० तथा ओपनर सुवास खकुरेलले १९ रन बनाएका थिए। प्रदीप ऐरी र भुवन कार्की समान ७-७ रनमा आउट भए। त्यसअघि सुमित महर्जनले १४ रन जोडेका थिए। अन्तिममा किशोर महतोले १९ रन जोड्दा अभिनास बोहराले ६ रन बनाएर नटआउट रहे।
एपिएफलाई मध्यम योगफलमा रोक्न प्रदेश १ का दिपेश कँडेल, हेमन राई, श्रवण यादव र फिर्दोस अन्सारीले समान २-२ विकेट लिए।
सोनु मण्डल र जोशक खड्काले समान १-१ विकेट हात पारे।
हेर्नुहोस् खेलको पहिलो इनिङ
तस्बिरहरूः निशा भण्डारी