कप्तान जो रूटले दोहोरो शतकसँगै इङ्ल्यान्डले श्रीलंकाविरुद्धको पहिलो टेस्टको पहिलो इनिङमा २८६ रनले अग्रता लिएको छ।
३२०/४ को स्थितिबाट दोस्रो दिनको खेल सुरू गरेको इङ्ल्यान्डले पहिलो इनिङमा ४२१ रन बनाउँदा सबै विकेट गुमाएको थियो।
पाहुना टोलीका लागि कप्तान जो रूट १६८ र जोश बट्लर सात रनको स्थितिमा थिए। तेस्रो दिन रूटले २२८ रन पुर्याए भने बट्लरले ३० रन बनाए।
रुटले २२८ रन बनाउने क्रममा १८ चौका र एक छक्का प्रहार गरे। रूटले डन लरेन्ससँग १७३ रनको उत्कृष्ट साझेदारीसमेत गरेका थिए। उनले बट्लरसँग पाँचौं विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए। बट्लरले ३० रन जोड्दा स्टुवार्ट ब्रोड ११ रनमा अविजित रहे।
अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
श्रीलंकाका लागि दिलरूवान परेराले चार विकेट लिँदा लसिथ इमबुलदेनियाले तीन विकेट लिए। असिथा फर्नान्डेजले दुई विकेट लिए।
यसअघि श्रीलंका पहिलो पारीमा मात्र १३५ रनमा समेटिएको थियो। इङल्यान्डका तिब्र गतिका बलर स्टुआर्ट बोर्डले तीन र स्पिनर डम बेस ले सर्बाधिक ५ विकेट लिएका थिए।
श्रीलंकाका नियमित कप्तान डिमुथ करुनारत्ने बुढी औंलामा चोट लागेपछि खेल्न असमर्थ भएसँगै श्रीलंकाली टोली दबाबमा परेको थियो । श्रीलंकाली टोलीको नेतृत्व दिनेश चन्डीमलले गरेका छन् ।
गत मार्चमै हुनुपर्ने यो टेस्ट शृंखला कोरोनाभाइरस महामारीका कारण स्थगित भएको थियो । यसपटक पनि महामारीका कारण रंगशालामा दर्शकलाई प्रवेश दिइएको छैन।
यी दुई मुलुकबीच दुई टेस्टको शृंखला हुनेछ। दोस्रो टेस्ट गालेमै जनवरी २२ मा शुरु हुनेछ।