इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टमा श्रीलंकाका कप्तान लाहिरु थिरिमानेले शतक प्रहार गरेका छन्।
दोस्रो इनिङ्ग्समा शतक प्रहार गर्ने क्रममा उनले २ सय २७ बलमा शतक पूरा गरे। शतक प्रहार गर्ने क्रममा उनले ११ चौका प्रहार गरेका थिए।
टेस्ट क्रिकेटमा थिरिमानेको यो दोस्रो शतक हो। आठ वर्षअघि उनले पहिलो शतक हिर्काएका थिए। पहिलो शतक उनले बंगलादेशविरुद्धको टेस्टमा प्रहार गरेका थिए।
थिरिमानेले दोस्रो शतक हिर्काउन ५४ इनिङ्ग्स ब्याटिङ गरे।
जारी टेस्टको पहिलो इनिङ्ग्समा श्रीलंका १३५ रनमा अलआउट भएको थियो।
जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले ४२१ रन जोडेर बिशाल अग्रता लियो। पहिलो इनिङ्ग्समा इंग्ल्यान्डका कप्तान जोए रुटले २२८ रन जोडेका थिए।
दोस्रो इनिङ्ग्स ब्याटिङ गरिरहेको श्रीलंकाले ४ विकेटको क्षतिमा २१० रन जोडेको छ। थिरिमाने १११ रन बनाएर आउट भएका छन्। अहिले एन्जोले म्याथ्युज र दिनेश चण्डीमाल ब्याटिङ गरिरहेका छन्।