भारतविरुद्धको चौथो तथा निर्णायक टेस्टको पहिलो इनिङ्ग्समा घरेलु टिम अस्ट्रेलियाले ३३ रनको अग्रता लिएको छ।
ब्रिसबेनमा भइरहेको टेस्टमा भारत पहिलो इनिङ्ग्समा आइतबार तेस्रो दिन ३३६ रनमा अलआउट भएपछि अस्ट्रेलियाले ३३ रनको अग्रता लिएको हो।
पहिलो इनिङ्ग्समा भारतका लागि सबैभन्दा बढी शार्दुल ठाकुरले ६७ रनको योगदान दिए। उनले ११५ बलमा ९ चौका र २ छक्का हिर्काए। वासिङटन सुन्दरले ६२ रन जोड्दा ओपनर रोहित शर्माले ४४ रन बटुले।
बलिङमा अस्ट्रेलियाका जोश हलजउडले ५ विकेट लिए। मिचेल स्टार्क र पाट कमिङ्ग्सले २-२ विकेट हात पारे।
त्यसअघि अस्ट्रेलियाले पहिलो इनिङ्ग्समा ३६९ रन जोडेको थियो। अस्ट्रेलियाका लागि मर्नस लबुसेनले १०८ रन जोडेका थिए भने कप्तान टिम पेनले ५० रनको योगदान दिए।
बलिङमा भारतका टी नटराजन र शार्दुल ठाकुरले ३-३ विकेट लिएका थिए।
अस्ट्रेलियाले तेस्रो दिन दोस्रो इनिङ्ग्स ब्याटिङ सुरु गरेको छ।
अस्ट्रेलियाका डेभिड वार्नर र मर्कस ह्यारिसले ओपनिङ गरिरहेका छन्। तेस्रो दिनको खेल सकिदा अस्ट्रेलियाले बिनाविकेटको क्षतिमा २१ रन जोडेको छ भने अग्रता ५४ रनमा पुर्याएको छ।