श्रीलंकाविरुद्धको पहिलो टेस्टमा इंग्ल्यान्ड ७ विकेटले विजयी भएको छ।
सोमबार सकिएको टेस्टमा घरेलु टिम श्रीलंकाले दिएको ७४ रनको झिनो लक्ष्य इंग्ल्यान्डले ३ विकेटको क्षतिमा पूरा गर्यो।
इंग्ल्यान्डको जितमा जोनी बायस्टोले नटआउट ३५ रन र डान लाउरेन्सले नटआउट २१ रन जोडे। त्यसअघि ओपनर जाक क्राउले ८ रन, डोम सिब्ली २ रन र कप्तान जोए रुट १ रनमा आउट भएका थिए।
पहिलो इनिङ्ग्समा १३५ रनमै अलआउट भएको श्रीलंकाले दोस्रो इनिङ्ग्समा ३५९ रन जोडेपछि इंग्ल्यान्डले ७४ रनको सामान्य लक्ष्य पाएको थियो।
दोस्रो इनिङ्ग्समा श्रीलंकाका लागि कप्तान लाहिरु थिरिमानेले शतक प्रहार गर्ने क्रममा १११ रन जोडेका थिए।
इंग्ल्यान्डले पहिलो इनिङ्ग्समा ४२१ रन जोडेको थियो। इंग्ल्यान्डका कप्तान जोए रुटले २२८ रन जोडेका थिए।