प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशविरुद्ध सानदार जित हात पारेको छ।
बुधबार त्रिवि मैदानमा कीर्तिपुरमा भएको खेलमा पुलिसले सुदूरपश्चिमलाई ९ विकेटले हरायो।
सुदूरपश्चिमले दिएको १११ रनको सामान्य लक्ष्य पुलिसले १ विकेटको क्षतिमा १७ ओभरमै पूरा गर्यो।
पुलिसको जितमा सुनील धमलाले ५३ रन र कुशल भुर्तेलले नटआउट ५१ रन जोडे। धमालले ५७ बलमा ६ चौका र २ छक्का हिर्काउँदा भुर्तेलले ४४ बलमा ९ चौका र १ छक्का प्रहार गरे।
त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३३.१ ओभरमा ११० रनमै अलआउट भयो।
उसका लागि खडक बोहराले ४० रन जोडे भने सन्जु धामीले ३५ रनको योगदान दिए। अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
बलिङमा पुलिसका सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले ४-४ विकेट लिए। ढकालले १० ओभरमा ३ मेडन राख्दा १८ रन खर्चिए। ऐरीले ६.१ ओभरमा २ मेडन राखेर १० रन दिए।
समूह 'बी' मा पुलिसको यो दुई खेलमा पहिलो जित हो। सुदूरपश्चिमले भने दुवै खेलमा हार बेहोरेको छ।