नेपाल पुलिस क्लबका पवन सरार्फले विस्फोटक ब्याटिङ गर्दै कीर्तिमानी अर्धशतक बनाएका छन्।
राजधानीमा जारी चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरूद्ध १३ बलमा अर्धशतक बनाउँदै उनले कीर्तिमान बनाएका हुन्।
यो कुनै पनि खेलाडीले नेपाली घरेलु क्रिकेट बनाएको सबैभन्दा छिटो अर्धशतक हो। यस क्रममा उनले ६ छक्का र १ चौका प्रहार गरेका थिए।
अन्तर्राष्ट्रिय क्रिकेटमा १६ बल खेलेका एबिडी भिलियर्सले अर्धशतक बनाउँदै सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान बनाएका छन्।
प्रतियोगितामा पुलिसले लुम्बिनी प्रदेशलाई ३ सय ११ रनको विशाल लक्ष्य दिएको छ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पुलिसले ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय १० रन बनायो।
उसका लागि सुनिल धमलाले सर्वाधिक १०४ रन बनाए। १ सय ४५ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरेका थिए। यस्तै दीपेन्द्र सिंह ऐरीले ६१ बलमा ६ छक्का र १ चौका सहित ८५ रन बनाए।