प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबले लगातार दोस्रो खेलमा जित निकालेको छ।
बिहीबार भएको समूह 'ए' को खेलमा एपिएफले गण्डकीलाई ६ विकेटले पराजित गर्यो। पराजयसँगै गण्डकी बाहिरिएको छ। चार खेलमा गण्डकी तीन खेलमा पराजित भयो।
बिहीबार मुलपानी मैदानमा गण्डकीले दिएको १०७ रनको लक्ष्य एपिएफले १७.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
एपिएफको लागि आसिफ शेखले ७८ रन जोडे। उनले ५६ बलमा ५ चौका र ६ छक्का हिर्काए। सुमित महर्जनले १८ रन जोडे।
त्यसअघि ओपनर सुवास खकुरेल शून्यमा आउट भए भने रित गौतम पनि गोल्डेन डक भए।
पहिले ब्याटिङ गरेको गण्डकी ४६ ओभरमा १०६ रनमा अलआउट भयो। गण्डकीका लागि समीर कडेँलले सबैभन्दा बढी ३६ रन जोडे।
बलिङमा एपिएफका कमिलसिंह ऐरीले ४ विकेट लिए।