प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ।
समूह 'बी' को खेलमा पुलिसले दोस्रो जित हात पार्ने क्रममा लुम्बिनीलाई ७४ रनले पराजित गर्यो।
यसअघि पहिलो खेलमा जित निकालेको लुम्बिनी दोस्रो खेलमा भने पराजित भयो।
पुलिसले दिएको ३११ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ५० ओभरमा ७ विकेटको क्षतिमा २३६ रन जोड्न सक्यो।
लुम्बिनीका लागि सौरभ खनालले ७४ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। उनले ६० बलमा ६ चौका र ५ छक्का हिर्काए।
कप्तान कृष्ण कार्कीले नटआउट ४० रन जोडे। बलिङमा पुलिसका रासिद खान र पवन सर्राफले २-२ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ४ विकेटको क्षतिमा ३१० रन जोड्यो।
पुलिसका लागि ओपनर सुनील धमलाले १०४ रन जोडे। उनले १४५ बलमा ७ चौका र १ छक्का हिर्काए। दीपेन्द्रसिंह ऐरीले ८५ रनको योगदान दिए। उनले ६१ बलमा १ चौका र ६ छक्का हिर्काए।
आक्रामक ब्याटिङ गरेका पवन सर्राफले १३ बलमा नटआउट ५० रन जोडे। प्रधानमन्त्री कपमा सर्वाधिक छिटो अर्धशतक बनाएका उनले १ चौका र ६ छक्का हिर्काए।
बलिङमा लुम्बिनीका कृष्ण कार्की, अनिल खरेल, दीपेन्द्र रावत र सौरभ खनालले १-१ विकेट लिए