अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) मा आइतबार एडिलेट स्ट्राइकर्स र सिड्नी थन्डरबीचको खेलमा अनौठो घटना घटेको छ।
पहिले ब्याटिङ गरेको एडिलेटका ओपनिङ ब्याट्सम्यान ज्याक वेदरार्ड दशौं ओभरको पाँचौ बलमा दुई पटक रनआउट भए।
सिड्नीका क्रिस ग्रिनको बलिङमा एडिलेटका फिल साल्टको प्रहार ननस्ट्राइकको स्टम्प्टमा लागेको थियो।
साल्टको प्रहार ग्रिनको हातमा छोएर स्टम्प्टमा लागेकाले ननस्ट्राइकर वेदरार्ड आउट हुने अवस्था थियो। तर पक्का थिएन।
त्यसैले रन लिनका लागि वेदरार्ड र साल्ट कुदेका थिए। तर वेदरार्ड फेरि पनि रनआउट हुन पुगे।
भिडियो रिभ्यूमा सिड्नीका ग्रिनको हातमा छोएर स्टम्प्टमा लागेको बेला ननस्ट्राइकर वेदरार्डले आफ्नो क्षेत्र छाडेको देखिएको थियो। यसैले उनी नियमअनुसर पहिले नै आउट भएका थिए।
तर भिडियो रिभ्यू हेरेपछि मात्र आउट हुने थाहा हुने भएकाले ब्याट्सम्यानहरु रन लिनका लागि कुदेका थिए। त्यतिबेला पनि उनी रनआउट भएका थिए।
हेर्नुहोस् भिडिओ