प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा भइरहेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल पुलिस क्लबले टस जितेर पहिले फिल्डिङ रोजेको छ।
पहिले ब्याटिङ गरिरहेको एपिएफले १० ओभरमा २ विकेट गुमाइसकेको छ भने २७ रन जोडेको छ।
एपिएफका सुवास खकुरेल १९ रन र आसिफ शेख १ रनमा आउट भएका छन्।
अहिले कप्तान शरद भेषवाकर र शंकर राना ब्याटिङ गरिरहेका छन्।
पुलिसका रासिद खान र आरिफ शेखले १-१ विकेट लिएका छन्।