नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीले आबुधाबी टि १० लिगमा डेब्यू गरेका छन्।
मराठा अरेबियन्समा आवद्ध कामीले प्रतियोगिता अन्तर्गत सिजनको पहिलो खेलमा नर्दर्न वारियार्सविरुद्ध डेब्यू गरेका हुन्।
२ ओभर बलिङ गरे पनि उनी विकेट विहिन रहे।
पहिलो ओभरमा ८ रन खर्चिएर किफायती बनेका कामीले अन्तिम ओभरमा २० रन दिए। कुल दुई ओभरमा २ छक्का र २ चौका दिएका थिए। ४ बल डट फालेका थिए।
यद्यपी उनले प्रतियोगितामा एउटा राम्रो क्याच लिएका छन्। आठौं ओभरको अन्तिम बलमा उनले वारियर्सका कप्तान निकोलास पुरानको क्याच लिएका हुन्। १९ रन बनाएर खेल्दै गरेका पुरन मुक्तर अलिको बलमा आउट भएका हुन्।
टस हारेर पहिले ब्याटिङ गरेको वारियर्सले निर्धारित १० ओभरमा २ विकेट गुमाउँदै १२७ रन बनायो। उसका लागि साइमन्सले सर्वाधिक ५४ रन बनाए।