युएईको टी–१० फ्रेञ्चाइज लिगमा नेपालका बलरद्वय सोमपाल कामी र करण केसीले डेब्यू गरेका छन्।
बिहीबार सुरू भएको १० ओभरको प्रतियोगितामा सोमपालले मारथा अरेबियन्सबाट डेब्यू गरेका हुन्।
सोमपालले नर्दन वारियर्सविरुद्धको खेलमा २ ओभर बलिङ गर्दै २८ रन खर्चिए। कुनै विकेट लिन नसकेका सोमपालले पहिलो र अन्तिम ओभरमा बलिङ गर्ने अवसर पाएका थिए।
खेलमा मारथाले वारियर्सलाई ५ विकेटले पराजित गर्यो। पहिले ब्याटिङ गरेको वारियर्सले २ विकेटको क्षतिमा १२७ रन जोड्यो।
१२८ रनको लक्ष्य मारथाले ५ विकेटको क्षतिमा पूरा गर्यो।
यता करण केसीले पुने डेभिल्सबाट टी-१० लिगमा डेब्यू गरेका छन्।
उनले डेकन ग्लाडियर्सविरुद्धको खेलमा १ ओभर बलिङ गर्ने अवसर पाए। उनले उनले १ ओभरमा १७ रन खर्चिएका थिए भने विकेट लिएनन्। जसमा १ चौका र १ छक्का समावेश थियो।
खेलमा करणको टिम पुनेले डेकनलाई ७ विकेटले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको डेकनले ५ विकेटको क्षतिमा १०४ रन जोड्यो।
१०५ रनको लक्ष्य पुनेले ३ विकेटको क्षतिमा ४ बल खेल्न बाँकी छदा पूरा गर्यो। पुनेको जितमा केनर लेविसले २८ बलमा ५७ रन जोडे।