दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा घरेलु टिम पाकिस्तान विजयी भएको छ।
कराँचीमा भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको हो।
दक्षिण अफ्रिकाले दिएको ८८ रनको लक्ष्य पाकिस्तानले ३ विकेटको क्षतिमा पूरा गर्यो।
पाकिस्तानको जितमा अजर अलीले नटआउट ३१ रन जोडे। कप्तान बाबर अजामले ३० रन बटुलेका थिए। त्यसअघि ओपनरद्वय इमरान बट १२ रन र अबिड अली १० रनमा आउट भए।
बलिङमा दक्षिण अफ्रिका एनरिच नोर्कियाले २ विकेट लिए।
यसअघि पहिलो इनिङ्ग्समा दक्षिण अफ्रिकाले २२० रन जोड्दा पाकिस्तानले ३७८ रन बटुलेको थियो।
पहिलो इनिङ्ग्समा दक्षिण अफ्रिकाका लागि डिन इल्गरले सबैभन्दा बढी ५८ रन बटुले। बलिङमा पाकिस्तानका यासिर साहले ३ विकेट लिए।
पाकिस्तानका लागि पहिलो इनिङ्ग्समा फवाद अलामले १०९ रनको योगादन गरे। बलिङमा दक्षिण अफ्रिकाका कागिसो रबाडा र केशव महराजले ३-३ विकेट लिए।
दोस्रो इनिङ्ग्समा दक्षिण अफ्रिकाका २४५ रन जोडेपछि पाकिस्तानले ८८ रनको लक्ष्य पाएको थियो।
दक्षिण अफ्रिकाका लागि मर्क्रमले ७४ रन र भान डेर डुसेनले ६४ रन बटुलेका थिए।
बलिङमा पाकिस्तानका नउमान अलीले ५ विकेट लिए भने यासिर शाहले ४ विकेट हात पारेका थिए।
शतक प्रहार गरेका फवाद अलाम प्लेयर अफ दि म्याच घोषित भएका छन्।
जितसँगै दुई खेलको सिरिजमा पाकिस्तानले १-० को अग्रता लिएको छ।