युएईमा जारी आबुधाबी टी–१० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर करण केसी आवद्ध पुणे डेभिल्सले पराजित भएको छ । शुक्रबार भएको खेलमा पुणे कलन्दरसँग ९ विकेटको फराकिलो अन्तरमा पराजित भएको हो।
पुणेले दिएको १०९ रनको लक्ष्य कलन्दर्सले १७ बल बाँकी छँदै मात्र १ विकेट गुमाएर पुरा गर्यो।
कलन्दर्सको जितमा टम ब्यान्टनले सर्वाधिक ४५ रन बनाए। उनले १८ बलमा ४ छक्का र ४ चौका प्रहार गरे। यस्तै शोहेल अख्तरले ३३ तथा सार्जिल खानले २८ रन बनाए । पुणेका म्युनिस अन्सारीले १ विकेट लिए। एक ओभर बलिङ गरेका करनले ९ रन दिए पनि कुनै विकेट लिन सकेनन्।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुणेले १० ओभरमा २ विकेट गुमाएर १०७ रन बनाएको थियो । त्यसका लागि टम क्याठमोरले ५४ रन तथा डार्विस रसुलीले ३९ रन बनाएका थिए।
हिजो भएको आफ्नो पहिलो खेलमा पुणे विजयी भएको थियो।