एसियाली क्रिकेट काउन्सिल (एसिसी) को अध्यक्षमा भारतका जय शाह निर्वाचित भएका छन्।
शनिबार भएको एसिसीको भर्चुअल साधारणसभाले शाहलाई अध्यक्षमा निर्वाचित गरेको हो।
उनी भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का सचिव समेत हुन्।
३२ वर्षीय शाह एसिसीको अहिलेसम्मकै कान्छा अध्यक्ष हुन्।
एसिसीको अध्यक्षमा नियुक्त भएपछि शाहले एसियाली देशको क्रिकेट विकासमा केन्द्रित हुने प्रतिक्रिया दिएका छन्।
उनी बिसिसिआईको सिफारिसमा एसिसीको अध्यक्ष बनेका हुन्।
नेपाल क्रिकेट संघ (क्यान) ले एसिसीको अध्यक्ष नियुक्त भएका शाहलाई बधाइ दिएको छ।
यता क्यानका सचिव अशोकनाथ प्याकुरेल आइसिसीको विकास समितिको सदस्य निर्वाचित भएका छन्।
क्यानले प्याकुरेललाई पनि बधाइ दिएको छ।