नेपाल क्रिकट संघ (क्यान)ले आगामी मार्चमा हुने आइसीसी विश्वकप क्रिकेट लिग-२ का लागि पहिलो चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
नव नियुक्त प्रशिक्षक डेभ वाटमोर र खेलाडी छनोट समितिको समन्वयमा क्यानले बिहिबार पहिलो चरणमा ३२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो।
क्याम्पमा पहिलो पटक विवेक यादव, अनुज चनारा, खड्ग बहादुर बोहोरा, अर्जुन कुमाल परेका छन्। यस्तै रामनरेश गिरी, पृथु बाँस्कोटा, कृष्ण कार्की, सौरभ खनालले लामो समयपछि क्याम्पमा पुनः स्थान बनाए।
हालै काठमाडौंमा जारी प्रधानमन्त्री कप उत्कृष्ट प्रदर्शन गरेका पृथु करिब पाँच वर्षपछि राष्ट्रिय टिमको क्याम्पमा परेका हुन्।
क्यानले पहिलो चरणमा क्याम्पमा बोलाएका खेलाडी यी हुन्।