करिअरको सयौं टेस्ट खेलमा इंग्ल्यान्डका कप्तान रोए रुटले शतक प्रहार गरेका छन्।
आइतबार चेन्नईमा सुरु भएको पहिलो टेस्टमा रुटले भारतविरुद्ध शतक प्रहार गरेका हुन्।
उनले १६४ बलमा १२ चौकाको मद्दतमा शतक प्रहार गरे। पहिलो दिनको खेल सकिदा रुट १२८ रन बनाएर खेलिरहेका छन्।
रुटले सय टेस्टमा २०औं शतक प्रहार गरेका हुन्। टेस्टमा ४९ अर्धशतक बनाएका उनले ८ हजार रन कटाएका छन्।
पहिलो टेस्टको पहिलो दिनको खेल सकिदा इंग्ल्यान्डले ३ विकेटको क्षतिमा २६३ रन जोडेको छ।
इंग्ल्यान्डका लागि कप्तान रुटले शतक प्रहार गर्दा डोम सिब्लीले ८७ रन जोडे। त्यसअघि ओपनर रोरी वर्नसले ३३ रन जोड्दा डान लाउरेन्स शून्यमा आउट भए।
बलिङमा भारतका भारतका जसप्रित बुमराहले २ विकेट लिँदा रविचन्द्रन आश्विनले १ विकेट हात पारे।