आगामी फेब्रुअरी १८ (फागुन ६) मा चेन्नइमा हुने इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा नेपालबाट सन्दीप लामिछानेसहित ८ खेलाडीको नाम सिफारिस भएको छ।
क्रिकेट एशोसिएन क्यानका अनुसार नेपालबाट अक्सनमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेटकिपर विनोद भण्डारी, अलराउन्डर करण केसी, सोमपाल कामी, स्पिनर सन्दीप लामिछाने, कुशल मल्ल, ब्याट्सम्यान शरद भेषावकर र अभिनास बोहरा छन्।
क्यान नहुँदा एजेन्टमार्फत नाम दर्ता गराउँदै आएका खेलाडीले यसपटक पहिलो पटक संघमार्फत् नाम दर्ता गराएका हुन्।
शनिबारसम्म दर्ताको अन्तिम म्याद रहेकोमा नेपालबाट ८ खेलाडीले नाम दर्ता गराएका हुन्।
आइपिएलका लागि नेपालबाट ८ खेलाडीसहित जम्मा १ हजार ९७ खेलाडी दर्ता भएका छन्। जसमा ८१४ जना भारतीय खेलाडी छन् भने २८३ जना विदेशी खेलाडी छन्।
एसोसिएट २७ मध्ये नेपालबाट मात्रै ८ खेलाडी परेका हुन्। आइपिएल अक्सनमा ६१ खेलाडी बिक्नेछन्। एउटा टोलीमा १८ देखि २५ खेलाडी राख्न पाइन्छ। जसमा ८ भन्दा बढी विदेशी खेलाडी भने राख्न पाइँदैन। अक्सनमा नेपालसँगै नेदरल्यान्ड, स्कटल्यान्ड, युएई, अमेरिका एसोसियटका खेलाडी छन्।
यसअघि आइपिएलमा सहभागी टिमले खेलाडी रिटेन र ट्रेड गरेका थिए। अब टिममा आवश्यक पर्ने खेलाडी अक्सनबाट लिनु पर्नेछ।
जसमा किंग्स-११ पञ्जावमा ९ खेलाडीको कोटा बाँकी छ। ९ मध्ये ५ जना विदेशी खेलाडी राख्न पाइनेछ।
अघिल्लो साता आइपिएलमा सहभागी टिमले खेलाडी रिटेन र ट्रेड गरेका थिए। अब टिममा आवश्यक पर्ने खेलाडी अक्सनबाट लिनु पर्नेछ।
जसमा किंग्स ११ पञ्जावमा ९ खेलाडीको कोटा बाँकी छ। ९ मध्ये ५ जना विदेशी खेलाडी राख्न पाइनेछ।
आइपिएल २०२१ को अक्सनका लागि दर्ता भएका खेलाडी
देश | खेलाडी दर्ता |
अफागानिस्तान | ३० |
अष्ट्रेलिया | ४२ |
बंगलादेश | ५ |
इंगल्याण्ड | २१ |
आयरल्याण्ड | २ |
नेपाल | ८ |
नेदरल्याण्ड | १ |
न्यूजिल्याण्ड | २९ |
स्कटल्याण्ड | ७ |
दक्षिण अफ्रिका | ३८ |
श्रीलंका | ३१ |
युएई | ९ |
युएसए | २ |
वेष्टइन्डिज | ५६ |
जिम्बाम्बे | २ |
| |