इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो इनिङ्ग्समा भारत ३३७ रनमा अलआउट भएको छ।
चौथो दिनको पहिलो शत्रमा अलआउट भएको भारतका लागि वासिङटन सुन्दरले नटआउट ८५ जोडे।
त्यसअघि रिशव पन्तले ९१ रनको योगदान गरेका थिए। चेतेश्वर पुजाराले ७३ रनमा बनाए।
बलिङमा इंग्ल्यान्डका डोम बेसले ४ विकेट लिए। जेम्स एन्डर्सन, जोफ्रा आर्चर र ज्याक लिसले २-२ विकेट लिए।
पहिलो इनिङ्ग्समा इंग्ल्यान्डले ५८७ रन जोड्यो। उसका लागि कप्तान जोए रुटले २१८ रनको योगदान गरे। डोम सिब्लीले ८७ रन र बेन स्टोक्सले ८२ रनको योगदान दिए।
बलिङमा भारतका जसप्रित बुमराह र रविचन्द्रन आश्विनले ३-३ विकेट लिए।
चेन्नईमा भइरहेको खेलमा अहिले इंग्ल्यान्डले दोस्रो इनिङ्ग्स ब्याटिङ गरिरहेको छ।