पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्धको टेस्ट सिरिज १८ वर्षपछि जितेको छ।
रावालपिन्डीमा भएको दोस्रो टेस्टमा ९५ रनको जित निकाल्दै पाकिस्तानले सिरिज २-० ले जितेको हो।
कराँचीमा भएको पहिलो टेस्टमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको थियो।
पछिल्लो पटक पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्धको सिरिज २००३ मा जितेको थियो।
पाकिस्तानले दिएको ३७० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका दोस्रो इनिङ्ग्समा २७४ रनमै अलआउट भयो।
दोस्रो इनिङ्ग्समा दक्षिण अफ्रिकाका लागि एइडिन मार्क्रमले १०८ रनको योगदान गरे। तेम्बा बभुमाले ६१ रन जोड्द अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
पहिलो इनिङ्ग्समा पाकिस्तान २७२ रनमा अलआउट हुँदा दक्षिण अफ्रिकाले २०१ रनमै समेटिएको थियो।
दोस्रो इनिङ्ग्समा पाकिस्तानले २९८ रन जोडेपछि दक्षिण अफ्रिकाले ३७० रनको लक्ष्य पाएको थियो।
दोस्रो इनिङ्ग्समा पाकिस्तानका लागि हसन अलीले ५ विकेट लिए भने सहीन शाह अफ्रिदीले ४ विकेट हात पारे। पहिलो इनिङ्ग्समा पनि अलीले ५ विकेट लिएका थिए।