पाहुना टोली इंग्ल्यान्डमाथि सानदार जित निकाल्दै भारतले टी२० सिरिज १–१ को बराबरीमा ल्याएका छ।
इंग्ल्याण्डले दिएको १६७ रनको लक्ष्य घरेलु टोलीले मात्र ३ विकेट गुमाएर १३ बल बाँकी छँदै पुरा गर्यो। भारतको सहज जितमा युवा ब्याट्सम्यान इशान किशन र कप्तान विराट कोहलीको उत्कृष्ट ब्याटिङ गरे।
भारतका लागि कप्तान विराट कोहली ४९ बलमा ५ चौका र ३ छक्का सहित ७३ रनमा अविजित रहे । यस्तै डेब्यू खेल खेलेका युवा ब्याट्सम्यान ईशान किशन ३२ बलमा ५ चौका र ४ छक्कासहित ५६ रनको उत्कृष्ट अर्धसतकीय इनिङ खेले ।
यसअघि पहिलो ओभरमै लोकेश राहुललाई शून्यमा गुमाएको भारतका लागि कोहली र किशनले दोस्रो विकेटका लागि ९४ रनको साझेदारी गर्दै खेल आफ्नो पक्षमा पारेका थिए।
१३ बल खेलेका ऋषभ पन्तले २ चौका र २ छक्का सहित २६ रन बनाएर आउट भए।
पाहुना टोलीका लागि साम करण, आदिल राशिद र क्रिस जोर्डनले समान १–१ विकेट लिए ।
यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो।
उसका लागि ओपनर जेसन रोयले सर्वाधिक ४६ रन बनाए। ३५ बल खेलेका उनले २ छक्का र ४ चौका प्रहार गरेका थिए। यस्तै कप्तान इयन मोर्गनले २८ रन बनाउँदा बेन स्ट्रोक र मलानले समान २४-२४ रन बनाए। जोनी बेयरस्टोले २० रन बनाएका थिए।
भारतका लागि वासिङ्टन सुन्दर र सार्दूल ठाकुरले समान २-२ विकेट लिँदा युजवेन्द्र चहल र भुवनेश्वर कुमारले १-१ विकेट हात पारे।
यसअघि पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी भएको थियो। तेस्रो खेल मंगलबार हुनेछ।