अफगानिस्तानले जिम्बावेविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज जितेको छ।
आबुधाबीमा शुक्रबार भएको दोस्रो टी-ट्वान्टीमा ४५ रनले हराउँदै अफगानिस्तानले एक खेल अगाबै जिम्बावेमाथिको सिरिज २-० ले आफ्नो बनाएको हो।
अफगानिस्तानले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको जिम्बावे १७ ओभर १ बलमा अलआउट हुँदै १ सय ४८ रनमा समेटियो।
उसका लागि रायन ब्रुलले सर्वाधिक ४० रन जोड्दा डोनाल्ड त्रिपानोले २४ रन बनाए। मुसाकान्डाले २२ तथा रिचमण्ड मुतुमबामीले २१ रन बनाए।
जिम्माम्बेलाई सस्तैमा रोक्न अफगानिस्तानका राशिद खानले ३ विकेट लिए। यस्तै मोहमद नाभी र नविन उल हकले समान २/२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।
उसका लागि करिम जनतले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा उश्मान घानीले ४९ र मोहमद नाबीले ४० रन बनाए।
जिम्बावेका मुजाराबानीले २ विकेट लिएका थिए। यस्तै रायन ब्रुल, ड्रोनाल्ड त्रिपानो र रिचर्ड नागाराभाले समान १-१ विकेट लिए।
यसअघि जिम्बावेविरुद्धको पहिलो टी २० खेलमा अफगानिस्तान ४८ रनले विजयी भएको थियो। यो जितसँगै अफगानिस्तानले ३ खेलको सिरिजमा २-० को जित निकालेको छ।