पाहुना टोली पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिज जितेको छ ।
गए राति भएको अन्तिम तथा चौथो खेलमा दक्षिण अफ्रिकालाई तीन विकेटले हराउँदै पाकिस्तानले ३-१ ले सिरिज जितेको हो।
अफ्रिकाले दिएको १ सय ४५ रनको लक्ष्य पाकिस्तानले अन्तिम बल अगाडि नै सात विकेट गुमाएर भेट्टायो ।
उसका लागि फखर जमानले ६०, कप्तान बाबर आजमले २४, मोहम्मद नवाजले अविजित २५ र मोहम्मद अफीजले १० रनको योगदान दिए ।
बलिङमा जिलाड विलियम्स, सिसन्ड मंगालाले दुई/दुई, तरबीज शम्सी, एन्डिले फेहलक्वायो र बिजरोन फ्रोटिनले एक/एक विकेट लिए पनि घरेलु टोलीलाई जिताउन सकेनन् ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङको मौका पाएको दक्षिण अफ्रिका १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय ४४ रनमा अलआउट भयो ।
उसका लागि रस्सीभानडर दुसेनले ५२, जान्नेमान मलानले ३३ र एडम मार्करमले ११ रन बनाए। बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
एक समय १०९ रनमा मात्र २ विकेट गुमाएको घरेलु टोलिले थप ३५ रन योगफलमा जोड्दा सम्पूर्ण विकेट गुमाउन पुग्यो।
बलिङमा हसन अली, फहीम अस्रफले तीन/तीन, हरिस रौफले दुई र मोहम्मद नवाज र शाहीनसाह अफ्रिदीले एक/एक विकेट लिए।
खेलको प्लेयर अफ द म्याच फहीम अश्रफ चुनिए भने प्रतियोगिताकै उत्कृस्ट खेलाडी बाबर आजम चुनिए।
सिरिज अन्तर्गत पहिलो खेल पाकिस्तानले ४ विकेटले, दोस्रो खेल दक्षिण अफ्रीकाले ६ विकेटले तथा तेस्रो खेल पाकिस्तानले ९ विकेटले जितेको थियो। यस अघि टि-२० अन्तर्राष्ट्रिय सिरिज पनि पाकिस्तानले २-१ ले जितेको थियो।