भारतमा जारी १४औं संस्करणको आईपीएलमा चेन्नई सुपर किङ्स शीर्ष स्थानमा उक्लिएको छ।
लिग अन्तर्गत १४औं खेलमा कलत्ता नाइट राइडर्सलाई १८ रनले हराउँदै चेन्नई सुपर किंग्स ४ खेलमा तीन जितसहित शीर्ष स्थानमा उक्लिएको हो।
चेन्नईले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याएको कलकत्ता १९.१ ओभरमा अल आउट हुँदै २०२ रनमा समेटियो।
कलकत्ताका लागि आन्द्रे रसेल र पाट कुमिन्सले अर्धसतकीय पारी खेले।
रसेलले २२ बलमा ६ छक्का र ३ चौकासहित ५४ रन बनाए भने ३४ बल खेलेका कुमिन्स ६ छक्का र ४ चौकासहित ६६ रनमा अभिजित रहे पनि टोलीलाई जिताउन सकेनन्।
दिनेश कार्तिकले ४० रन बनाउँदा बाँकी कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्।
कलकत्तालाई रोक्न दिपक चहरले सर्वाधिक ४ विकेट लिए। लुङ्गी नेगेडीले ३ तथा साम चुरनले १ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय २० रन बनायो ।
उसका लागि फाफ डुप्लेसिसले उत्कृष्ट पारी खेले । उनले ६० बलमा चार छक्का र नौ चौकाको मद्दतमा अविजित ९५ रनको योगदान दिए ।
त्यस्तै, ऋतुराज गायकवाडले ६४, मोइन अलीले २५, कप्तान महेन्द्रसिंह धोनीले १७ र रवीन्द्र जडेजाले नटआउट ६ रन बनाए ।
बलिङमा वरुण चक्रवर्ती, आन्द्रे रसेल र सुनिल नाराणले एक/एक विकेट लिए ।