नेपालले दिएको २३९ रनको ठूलो लक्ष्य पछ्याएको नेदरल्याण्डले तेस्रो विकेट गुमाएको छ।
नेदरल्याण्डले पाँचौ ओभरको अन्तिम बलमा बास डे लिडे रन आउट भएका हुन्। सोमपालको बलिङमा कुशल भुर्तेलले डाइरेक्ट हिटमार्फत नेपाललाई तेस्रो सफलता दिलाएका हुन्।
यसअघि चौथो ओभरको अन्तिम बलमा कमल सिंह ऐरीले ५ बलमा ७ रन बनाएर खेलिरहेका बेन कुपरलाई कप्तान ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट गराएका थिए।
यसअघि नेपालले रन आउटमार्फत पहिलो सफलता पाएको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३८ रन बनाएको थियो।
घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई दिएको यो लक्ष्य टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले कुनै पनि टिमलाई दिएको यो सर्वाधिक ठूलो लक्ष्य हो।
यसअघि यो प्रारूपमा नेपालले भुटानलाई २३७ रनको सर्वाधिक ठूलो लक्ष्य दिएको थियो ।