आइपिएलमा रोयल च्यालेन्जर्स बेंग्लोरको अपराजित यात्रामा पूर्णविराम लागेको छ।
आइतबार भएको खेलमा चेन्नईसँग ६९ रनले पराजित भएपछि बेंग्लोरको अपराजित यात्रा टुंगियो।
पहिले ब्याटिङ गरेको चेन्नईले ४ विकेटको क्षतिमा १९१ रन जोडेको थियो।
उसका लागि फाप डु प्लेसिसले ५० रन जोड्दा रविन्द्र जडेजाले नटआउट ६२ रन जोडे। उनले २८ बलमा ४ चौका र ६ छक्का हिर्काए। जडेजाको उत्कृष्ट ब्याटिङमा चेन्नईले अन्तिम ओभरमा ३७ रन जोडेको थियो।
१९२ रनको लक्ष्य पछ्याएको बेंग्लोरले ९ विकेटको क्षतिमा १२२ रन मात्र जोड्न सक्यो। उसका लागि ग्लेन म्याक्सवेलले २२ रन र देवदत पाडिकलले ३४ रन जोडे।
बलिङमा चेन्नईका जडेजाले ३ विकेट लिए। उनले ४ ओभरमा एक मेडन राख्दा १३ रन खर्चिए।
जितसँगै ५ खेलबाट ८ अंक जोड्दै चेन्नई शीर्ष स्थानमा उक्लियो। ८ अंक जोडेको बेंग्लोर दोस्रो स्थानमा झर्यो।