आइपिएलमा कोलकता नाइटराइडर्सले पञ्जाब किंग्सलाई ५ विकेटले पराजित गरेको छ।
सोमबार राति भएको खेलमा पहिले ब्याटिङ गरेको पञ्जाबले ९ विकेटको क्षतिमा १२३ रन मात्र जोड्न सक्यो।
उसका लागि मयंक अग्रवालले ३१ रन र क्रिस जोर्डनले ३० रन जोडे।
पञ्जाबलाई सस्तोमा रोक्ने क्रममा कोलकताका प्रसिद्ध कृष्णाले ३ विकेट लिए। सुनील नारिन र पाट कमिङ्ग्सले २-२ विकेट हात पारे।
१२४ रनको सामान्य लक्ष्य कोलकताले १६.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
कोलकताका लागि कप्तान इयान मोर्गानले नटआउट ४७ रन जोड्दा राहुल त्रिपाठीले ४१ रनको योगदान दिए।
जितसँगै कोलकता ६ खेलबाट ४ अंक जोड्दै पाँचौ स्थानमा उक्लियो। छैटौं स्थानमा झरेको पञ्जावको पनि समान ४ अंक नै छ।