राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक परेको छ।
ज्ञानेन्द्रका पिता रामकृष्ण मल्लको बिहीबार विहान निधन भएको हो।
उनको ७८ वर्षको उमेरमा काठमाडौंको भिमसेनस्थानस्थित निवासमा निधन भएको हो।
मल्ल एक सातादेखि अस्वस्थ भएका थिए।
उनको अन्तिम संस्कार बिहीबार नै टेकुमा भएको छ।
अन्तिम संस्कारमा पूर्वकप्तान तथा राष्ट्रिय टिमका अलराउन्डर पारस खड्का र नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य छुम्बी लामा पनि सहभागी भएका थिए।