पृथ्वी शाले भारतमा जारी आईपीएलमा ६ बलमा ६ चौका हिर्काएका छन्।
दिल्ली क्यापिटल्सका ओपनर ब्याट्सम्यान उनले कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध बिहिबार एकै ओभरमा लगातार ६ चौका प्रहार गरेका हुन्।
१ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीका लागि शाले पहिलो ओभरमै लगातार ६ चौका प्रहार गरे । उनले पहिलो ओभरमै शाले लगातार ६ चौका प्रहार गरे ।
६ चौका र एक वाइडसहित दिल्लीले पहिलो ओभरबाटै २५ रन बनाएको थियो।
पृथ्वी दिल्लीका लागि आईपीएलमा ६ बलमा ६ चौका हिर्काउने पहिलो ब्याट्सम्यान बनेका छन्। उनले तीव्र गतिका बलर शिवम मावीको ओभरमा लगातार ६ चौका हिर्काएका हुन्।
आईपीएलमा एक ओभरमा लगातार ६ चौका हिर्काउने पहिलो ब्याट्सम्यान भने अजिंक्य रहाणे हुन् । उनले सन् २०१२ मा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)विरुद्ध ६ बलमा ६ चौका हिर्काएका थिए ।
१८ बलमा अर्धशतक बनाएका उनी जारी सिजनमा सर्वाधिक कम बलमा अर्धशतक बनाउने पहिलो ब्याट्सम्यानसमेत बनेका छन्।
४१ बल खेलेका उनले ३ छक्का र ११ चौकासहित ८२ रन बनाए। खेल जित्न ९ रन बाँकी रहेको बेला उनी १६ औं औभरको दोस्रो बलमा पेट कुमिन्सको बलमा नितिश रानाबाट क्याच आउट भए।