कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराउँदै दिल्ली क्यापिटल्स आइपिएलको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ।
कोलकताले दिएको १ सय ५५ रनको लक्ष्य दिल्लीले १६.३ ओभरमा तीन विकेट गुमाएर पार गर्यो। उसका लागि पृथ्वी शाले शानदार अर्धसतकीय पारी खेले। ४१ बलमा ११ चौका र तीन छक्कासहित उनले ८२ रन बनाए ।
उनले एकै ओभरमा लगातार ६ बलमा ६ चौका प्रहार गरेका थिए। पृथ्वी दिल्लीका लागि आइपिएलमा ६ बलमा ६ चौका हिर्काउने एक मात्र ब्याट्सम्यान बनेका छन्। उनले तीव्र गतिका बलर शिवम मावीको ओभरमा लगातार ६ चौका हिर्काएका हुन्। उनले इनिङ्सको पहिलो ओभरमै ६ चौका प्रहार गरेका थिए।
त्यस्तै, शिखर धवनले ४६, कप्तान ऋषभ पन्तले १६ र मार्कस स्टोइनिसले अविजित ६ रनको योगदान दिए।
बलिङमा कोलकताका प्याट कमिन्स एक्लैले तीन विकेट लिए।
त्यसअघिअहमदबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो।
उसका लागि छैठौं नम्बरमा ब्याटिङका आएका अलराउन्डर आन्द्रे रसेलले आक्रामक पारी खेले। उनले २७ बलमा दुई चौका र चार छक्कासहित नटआउट ४५ रन बनाए।
शुभमन गिलले ४१, राहुल त्रिपाटीले १९, नीतिश रानाले १५, दिनेश कार्तिकले १४, प्याट कमिन्सले अविजित ११ रनको योगदान दिए ।
बलिङमा ललित यादव, अक्षर पटेलले दुई/दुई, आवेश खान र मार्कस स्टोइनिसले एक/एक विकेट लिए।
जितसँगै दिल्ली अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले ७ म्याच खेल्दा पाँचमा जित र दुई खेलमा हारको सामना गरेको छ ।
कोलकताले भने सात म्याच खेल्दा दुई म्याचमा मात्र जित हासिल गरेको छ ।