उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका अभियानकर्मी सीताराम कट्टेलसँग भेटेका छन्।
रंगशाला निर्माणबारे जानकारी लिन मन्त्री पोखरेलले कट्टेललाई बिहीबार सिंहदरवारस्थित कार्यकक्षमा भेटेका हुन्।
धुर्मस–सुन्तली फाउन्डेशनका अध्यक्षसमेत रहेका कट्टेल ‘धुर्मुस’लाई भेटेर उपप्रधानमन्त्री पोखरेलले रङ्गशाला निर्माणमा भइरहेका प्रगतिबारे जानकारी लिएका थिए।
मन्त्री पोखरेलले रंगशाला निर्माणमा सरकार सकरात्मक रहेको र सरकारले गर्नसक्ने सहयोगका विषयमा छलफल गरेको मन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए।