आइपिएलमा राजस्थान रोयल्सका ओपनर जोस बटलरले शतक प्रहार गरेका छन्। आइतबार दिल्लीमा सनराइजर्स हैदरावादविरुद्धको खेलमा बटलरले शतक हिर्काएका हुन्।
१९औं ओभरको अन्तिम बलमा सन्दीप शर्माबाट बोल्ड हुनुअघि उनले १२४ रन जोडे। उनले ६४ बल खेल्दा ११ चौका र ८ छक्का हिर्काए।
बटलरको टी-२० खेलमा यो पहिलो शतक हो। यसअघि उनले २८१ टी-२० खेल खेल्दा ४६ अर्धशतक बनाए पनि शतक प्रहार गर्न सकेका थिएनन्।
बटलरको शतकसँगै राजस्थानले ३ विकेटको क्षतिमा २२० रन जोडेको छ।
राजस्थानका लागि बटलरसँगै कप्तान सन्जु सामसनले ३३ बलमा ४८ रन जोडे। रियान परागले ८ बलमा नटआउट १५ रन जोडे।
बलिङमा हैदरावादका सन्दीप शर्मा, रासिद खान र विजय शंकरले १-१ विकेट लिए।
अंक तालिकामा हैदरावाद २ अंक जोडेर पुछारमा र राजस्थान ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छन्।