आइपिएल टिम चेन्नई सुपरकिंग्सका तीन जनालाई कोरोना भाइरसको संक्रमण भएको छ।
चेन्नईका सिइओ कासी विश्वनाथन, बलिङ प्रशिक्षक एल बालाजी र एक बस ड्राइभरलाई कोरोना संक्रमण भएको हो।
अहिले दिल्लीमा रहेको टिमका अन्य सदस्यलाई भने कोरोना भाइरसको परीक्षणमा नेगेटिभ नतिजा आएको छ।
चेन्नईको टिमका सबै सदस्यको आइतबार गरिएको परीक्षणमा तीन जनामा कोरोना संक्रमण देखिएको हो।
तीनै जनाको सोमबार बिहान पनि परीक्षण गरिएको छ। यदि फेरि पनि पोजेटिभ नजिता आएमा तीनै जना १० दिनको क्वारेन्टिनमा बस्नेछन्। उनीहरु टिममा फर्कनका लागि दुई पटक नेगेटिभ नतिजा आउनु पर्नेछ।
यसअघि कोरोनाकै कारण सोमबारका लागि तय भएको रोयल च्यालेन्जर्स बैंग्लोर र कोलकता नाइटराइडर्सबीचको खेल स्थगित भएको थियो।
कोलकताका दुई खेलाडीलाई कोरोना लागेपछि खेल स्थगित गरिएको हो।
कोलकताका स्पिनर बरुण चक्रवती र तीव्र गतिका बलर सन्दीप वारियरलाई कोरोना संक्रमण भएको हो।
कोलकता र बैंग्लोबीचको खेल १४औं सिजनको ३०औं खेल हो। सुरूवाती चार खेलमा जित निकालेको बैंग्लोरले पछिल्लो तीन खेलमा दुई हार बेहोरिसकेको छ।
कोलकताले ७ मध्ये २ खेल मात्र जितेको छ। ४ अंक जोडेको कोलकता अंक तालिकाको सातौं स्थानमा छ। बैंग्लोर १० अंकसहित तेस्रो स्थानमा छ।
आइपिएलमा यसअघिका २९ खेलसम्म कोरोनाको असर देखिएको थिएन।
पछिल्लो समय भारतमा कोरोना संक्रमण दर तीव्र रूपमा फैलिरहेको छ। दैनीक ४ लाख बढीमा संक्रमण भइरहदा ३ हजार बढीको मृत्यु हुने गरको छ।